दफा १४
गैरकानुनी व्यापार व्यवसाय गर्ने राष्ट्रसेवकलाई सजाय
प्रचलित कानुनबमोजिम गर्न नपाउनेमा कुनै राष्ट्रसेवकले आफ्नो वा अरूको नामबाट वा साझेदारीमा व्यापार गरेमा वा लिलाम बढाबढ वा ठेक्का पट्टामा भाग लिएमा वा कुनै फर्म वा कम्पनी वा  सहकारी संस्थाको हिस्सेदार भएमा कसुरको मात्रा अनुसार तीन महिनादेखि छ महिनासम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ र त्यसरी आर्जन गरेको सम्पत्ति समेत जफत गरिनेछ ।
तर, पब्लिक लिमिटेड कम्पनीबाट सार्वजनिक बिक्रीका लागि खुल्ला गरिएको शेयर खरिद गर्न यस दफाले बाधा पु¥याएको मानिने छैन ।